अदालतको आदेशपछि प्रनेश गौतम भए रिहा

लाेकपाटी न्यूज

काठमाडौं, १ असार । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘वीर विक्रम २’ को आपत्तिजनक समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमलाई रिहा गर्न आदेश दिएको छ ।

साइबर क्राइमको आरोपमा हिरासतमा रहेका प्रनेशलाई अदालतको आदेशपछि आइतबार साधारण तारेखमा रिहा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रनेशलाई रिहा गरिएको जानकारी दिए ।

चलचित्र ‘वीर विक्रम २’ का निर्देशक मिलन चास्मले आपत्तिजनक समीक्षा गरेको भन्दै प्रनेश गौतमविरुद्ध उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्