डडेल्धुरा, १ असार । डडेल्धुराको आलिताल गाउँपालिका ८ कुर्जेनिमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ।
समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नं.को ट्र्याक्टर दुर्घटना हुँदा आलिताल गाउँपालिका ८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए।
बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ। फरार चालकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।



लाेकपाटी न्यूज
