सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पताल तनावग्रस्त

लाेकपाटी न्यूज

डडेलधुरा, ३२ जेठ । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । सुत्केरी भएकी २६ वर्षकी गीता ताम्राकारको रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो ।

१५ दिन अघि शल्यक्रिया गरिएको उनको रक्तश्राव नरोकिएपछि शुक्रबार फेरि अस्पताल लगिएको थियो । अस्पतालले लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरुले बिरामीको अवस्था गम्भिर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमानेको आरोप लगाएका छन् ।

स्थानीयको ढुंगामुढासहितको प्रदर्शनले अस्पतालमा सामान्य क्षति पुगेको तर गीताले जन्माएको शिशुको अवस्था भने सामान्य रहेकाे जनाइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्