काठमाडौं, ३० जेठ। चर्चित हास्यव्यङ्ग्य अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ द्धारा अभिनित भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ। बिहीबार यस भिडियोमा अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को भरपुर रोमान्स देख्न सकिन्छ।
बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ। गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन्। भिडियो भने युवराज वाईवाले निर्देशन गरेका हुन्।
उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ। भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है सन्देश दिन खोजेको छ।



लाेकपाटी न्यूज

