काठमाडौं, २६ जेठ । गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, बीबी थापाको शब्द रहेको छ ।
गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो । अष्ट्रेलियाको रमणीय लोकेशन समेटिएको भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेतको प्रेमलाप देख्न सकिन्छ ।
सिम्रन आफैंले भिडियोको कोरियोग्राफी गरेकी हुन् भने भिडियोको छायाँकन, सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् ।



लाेकपाटी न्यूज

