अमिताभ बच्चनका पूर्व सेक्रेटरी जैनको निधन

Amitav-shital
लाेकपाटी न्यूज

मुम्बई, २५ जेठ। बलिउडमा महानायक अमिताभ बच्चनका निकट मित्र तथा पूर्व सेक्रेटरीको निधन भएको छ। शनिबार अमिताभका पूर्व सेकेरेटरी शीतल जैनको निधन भएको हो।

जैन अमिताभका सेक्रेटरी मात्र नभइ नजिकका साथि पनि थिए। उनले प्रत्यक्ष रुपमा आफ्नो जीवनको ३५ वर्ष अमिताभको सेवामा बिताए। अमिताभ बच्चनले आफ्नो फिल्म करिअर शुरु गरेसँगै जैन उनीसँगै थिए। तिन दशक भन्दा लामो समय उनले अमिताभसँग विताएका थिए।

उनको निधनमा महानायक अमिताभ बच्चनले शोक व्यक्त गरेका छन्। उनीसँगै अनुपम खेरलगायत अन्य थुप्रै बलिउड सेलिब्रेटीहरुले विभिन्न सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्