काठमाडौं, २४ जेठ। अहिलेका चर्चित गायक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन्। पछिल्लो समय बोलमाया, गलबन्दी गीतबाट चर्चामा रहेका गायक र सर्जक सपुतलाई आइजिपी खनालले ‘गलबन्दी’ गीतका लागि फोन गरेर बधाइ दिएका हुन्।
खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका छन्। गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल ‘गल्बन्दी’ को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलालाई दरो बनाएको फेसबुकमा लेखेका छन्। प्रकाश सपुतलेको उक्त गीत युट्युव ट्रेडिङ एकमा छ। जुन गीत ८० लाख बढी पटक हेरिएको छ।



लाेकपाटी न्यूज

