प्रहरीमाथि हातपात गर्ने ४ पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

उदयपुर, २३ जेठ । उदयपुरकाे कटारी नगरपालिका–६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात भएकाे छ।

प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका ७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्