काठमाडौं, २२ जेठ । गायिका रमिला न्यौपाने र खुमन अधिकारीकाे स्वर रहेको नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।
बाबुराम बोहोराको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेकाे छ । गीतको भिडियोमा अनु पराजुली र गायक अधिकारी नै देखिएका छन् । अघि पनि धेरै गीतमा अभिनय गरिसकेका अधिकारीको अनुसँग जोडी राम्रो जमेको छ ।
तिर्सना म्युजिक प्रालिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने निर्देशन प्रकाश भट्टको रहेको छ । भिडियोको सम्पादक विष्णु शर्मा रहेका छन् ।



लाेकपाटी न्यूज

