सुदुरपश्चिमको संस्कृति झल्काउने ‘बैतडो’ सार्वजनिक (भिडियोसहित)

लाेकपाटी न्यूज

काठमाडौं । सुदुरपश्चिमको संस्कृति झल्काउने ‘बैतडो’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त म्युजिक भिडियाे युट्युबमार्फत सार्वजिनक भएकाे हाे।

हुन त सुदुरपश्चिम आफैंमा कलाको धनी प्रदेशको रुपमा चिनिन्छ । यस प्रदेशका हरेक श्रृजना मौलिक लाग्छन् । देशले धेरै कलाकारहरु सुदुरपश्चिमबाट नै पाएको छ । यस्तै एक प्रतिभा हुन् केशवराज भट्ट । उनको प्रतिभा समेटिएको उक्त भिडियाे बैतडाे मौलिक कोशेलीकाे रुपमा हालै सार्वजनिक भएको छ ।

सुदुरपश्चिमकै भाषा तथा संस्कृतिलाई प्राथमिकता दिएर अहिलेको युवा पिंढीको मनोभावनालाई समेत समेटिएको गीत बैतडोमा शब्द तथा संगीत राजेश ठगुन्नाको रहेको छ भने जीवन बडुको स्वर तथा संगीत संयोजन रहेको छ । यस गीतमा चर्चित गायिका पुष्पा बोहोराको महिला स्वर सुन्न सकिन्छ ।

केशवराज भट्ट र सिता राईलाई फिचर्ड गरिएको उक्त गीतको भिडियोको निर्देशन समेत केशवराज ठगुन्नाले नै गरेका छन् । अमन बडुको टिमले छायाङ्कन् गरेको उक्त गीतको भिडियो अमन बडुले नै सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्