जीवन थापा ‘क्षितिज’को ‘फुल्नै नदिई’ सार्वजनिक (भिडियोसहित)

lok song
लाेकपाटी न्यूज

काठमाडौँ, २१ जेठ। लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’ अभिनित लोकदोहोरी भिडियो ‘फुल्नै नदिई’ सार्वजनिक भएको छ।

लोक गायक तथा गायिका प्रकाश चन्द र सिर्जु अधिकारिको स्वर रहेको उक्त भिडियो बिन्दावासिनी युट्युब च्यानलबाट सार्वजनिक भएको हो। एस्ट्रा फिल्मस् को प्रस्तुती रहेको गीतमा भरत आर.सीको शब्द तथा भद्र नकलको संगीत संयोजन रहेको छ। गणेश उपाध्यायको कुशल निर्देशन रहेको उक्त भिडियोमा जीवन थापा ‘क्षितिज’, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापा, पुजन आचार्य लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायाङ्कन उमेश कार्कीले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका छन्। भोजपुरको अरुण गाउँपालिका र धनकुटाको विभिन्न प्राकृतिक सुन्दरताले भरिपूर्ण भर्जिन लोकेशनमा छायाङ्कन गरिएको उक्त भिडियोमा लिपसिङ नराखेर नयाँ प्रयोग गरिएको निर्देशक उपाध्यायले बताए। उनले भने, ‘ लोकदोहोरीको प्याट्रनलाई फरक गर्ने कोसिस गरेका छौँ।लोकदोहोरी भिडियोमा लिपसिङ राख्ने प्रचलनलाई चिर्दै यो भिडियो हामीले बिना लिपसिन कथानकमा केन्द्रीत गर्दै निर्माण गरेका छौँ।’

गरीबीकै कारण साँचो प्रेम छुटाउन उद्दत समाजको चित्रण तथा साँचो माया गर्ने जोडिहरुलाई उनीहरुको भावना विपरित व्यवहार गरिएको देखाउँदै त्यस्तो गर्न नहुने सन्देश उक्त भिडियोले दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्