सुरेन्द्र महर्जनको गीति चलचित्र ‘भाग्य’ सार्वजनिक

bhagya
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो गरिएको छ। रौतटहको चन्द्रनिगाहपुरमा रहेको ब्रो–सिस डिजिटल सिनेमा हलमा सो चलचित्र प्रथम विशेष च्यारीेटी सो गरिएको हो ।

उक्त चलचित्रमा आजभन्दा करिब सय बर्ष पहिलाको ऐतिहासिक तत्कालिन परिवेशमा गरीबी र अभावमा पिल्सिएका परिवारको अमर–प्रेम कथा, दुःख–सुख, जन्म मृत्यु, भागेर विवाह गर्नेको कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ । चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको हो। साहित्यकार महर्जनले सो कृति तयार गर्न २५ बर्ष समय लागेको जानकारी दिएका छन्। कुनै कृति प्रकाशन गर्न गाह्रो नभएको तर गीति नाटक भाग्य प्रकाशित गर्न धेरै वर्ष लागेको कुरा उनले सुनाए । फिल्मको रूप दिन मात्रै तीन वर्ष लागेको कुरा समेत उनले अवगत गराए।

उक्त चलचित्रको विशेष च्यारीटी सो गर्नका लागि काठमाडौैंबाट ‘भाग्य’ चलचित्रको लेखक स्वयं साहित्यकार सुरेन्द्र महर्जन अमर, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुवार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुगेका थिए।

विशेष च्यारीटी सो मा प्रमूख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिंह दनुवार, सागर हुमागार्इं, स्थानीय समाजसेवी कर्ण लामा, बिकि थापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाईं, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकास नेपालका अध्यक्ष सन्तोष काफ्ले लगायतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जिन्दगीमा घट्ने घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा आधारित भएकोले मार्मिक तथा ऐतिहासिक रहेको प्रतिक्रिया दिएका थिए।

चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा, अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ लगायतको भूमिकालाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयसन प्रा.लिको ब्यानरमा सरिता महर्जनले निमार्ण गरेकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्