काठमाडौं, १९ जेठ । कलाकार, लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । गायक ईश्वर बस्नेत र गायिका अञ्जु राईको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने माया गरौँला’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा निकेश तामाङको सङ्गीत र गोविन्द पराजुलीको सङ्गीत संयोजन रहेको छ । गणेश उपाध्यायको छायाङ्कन तथा निर्देशन रहेको उक्त भिडियोमा जीवन थापा, कमला थापा, उमेश कार्की र सुष्मिता आचार्यले अभिनय गरेका छन् ।
थ्याङ्कयु सिनेमाद्वारा प्रस्तुत भिडियो भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–७ को मैदाने गाउँमा छायाङ्कन गरिएको निर्देशक उपाध्यायले बताए । उनले भने, ‘भिडियो अत्यन्तै भर्जिन लोकेशनमा छायाङ्कन गरिएको छ, साथै कथानक पनि माैलिक छ । यसकारण दर्शकले भिडियो रूचाउने कुरामा म विश्वस्त छु ।’



लाेकपाटी न्यूज

