आफू खुसी चलाइँदै गढीमाई मन्दिरको बजेट

gadimae mandir pic
लाेकपाटी न्यूज

बारा, १९ जेठ। बाराको महागढीमाई नगरपालिका १ मा रहेको श्री गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिको शनिबार बस्ने भनेको दोश्रो पटकको बैठक पनि स्थगित भएको छ।

चौथो बार्षिक साधारण सभा तथा दोश्रो पटक बोलाइएको बैठकमा ५१ ℅ व्यक्तिको उपस्थित नभएको कारण स्थगित भएको हो। अर्को तेश्रो पटकको बैठकको मिति तोक्न भने बाँकी छ।  नयाँ समिति चयन गर्न सदस्यहरुबीच सहमति जुट्न सकेको छैन्।  सहमति जुट्न नसकेपछि चुनावबाटै नयाँ समिति चयन गर्नुपर्ने सदस्यहरुले बताउँदै आएका छन्।

पहिलाको कार्य समितिले हालसम्म गढीमाई मन्दिर तथा बिकास समिति संचालनमा के कति सदस्यहरू रहेको छ, सोको लिखित रूपमा सदस्यहरुलाई जानकारी गराउन सकेको छैन्। एउटा एउटा पार्टीले एक्लै हजार हजार जनाको सदस्यतासमेत कटाई पूर्ण रूपले नियम विपरित गएको आरोप लगाएका छन्। निवाचनमा जित हात पार्न यस्तो योजना बनाई एउटै व्यक्तिले हजार हजार जनाको सदस्यता कटाइएको आरोप छ ।जसको सदस्यता कटिसकेको ति व्यक्तिलाई थाहा नै छैन आफू सदस्य बनेको।

समाजमा ठूलो पावर र घमण्डले गढीमाईमा आउने बजेट आफू खुसी चलाउने सोच र बिचार बोकी जनताको आँखामा छारो हाल्ने काम भएको स्थानीयको भनाई छ। श्रीगढीमाई मन्दिर संचालन तथा विकास समितिको धर्मलालमा चारै तिर फोहर नै फोहरले भरिएको , १० वटा शौचालय रहेको तर एउटा पनि सफा छैन।

बाहिरबाट आएका दर्शनार्थीलाई बास बस्ने ठाउँ छैन, आएका यात्री कलैया बस्ने गरेका छन्। संस्थामा एउटा पनि एम्बुलेन्स छैन। आपतकालिन सेवा छैन। विकासको नाममा ठूलो श्वर दिने एक स्थानीयले भने,।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्