मुम्बई। बलिउड अभिनेता सलमान खान आफ्ना फिल्महरुमा सर्ट खोल्न प्रसिद्ध मानिन्छन्। उनी प्राय फिल्महरुमा ‘सिक्स प्याक’ अन्दाजमा देखिन्छन्।
तर, हालै सलमानको एक विवाह भोजमा सेन्डो गञ्जीमात्रै लगाएर देखिएको फोटो भाइरल बनेको छ। सलमान ९ वर्षअघि अभिनेत्रीबाट नेतृ बनेकी बीना काकाकी छोरीको बिहेमा सेन्डो गन्जीमात्रै लगाएर पुगेका थिए। बीनाले इस्ट्राग्राममा छोरीको बिहेको पुरानो फोटो पोस्ट गरेपछि सलमान चर्चामा आएका हुन्। जहाँ सलमान सेतो रंगको सेन्डो र जिन्स पाइन्टमा देखिएका छन्। उनले चस्मा र टोपी पनि लगाएका छन्।
यस्तो अवतारमा पुगेका उनले पछि सर्ट र ट्राउजर लगाएका थिए। बीनाले सलमानसँग ‘मैने प्यार क्यू किया’ र ‘गड तुसी ग्रेट हो’जस्ता हिट फिल्ममा एकसाथ काम गरेकी छन्। सलमान बीनाकी छोरीलाई आफ्नो बहिनी मान्छन्। कांग्रेस नेतृ बीना बलिउडका थुप्रै फिल्ममा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन्।



लाेकपाटी न्यूज

