काठमाडौं । सरकारले वृद्धभत्ता एक हजार बढाएको छ । अहिलेसम्म वृद्धभत्ता बापत मासिक दुई हजार प्राप्त गर्दै आएका ७० वर्ष पूरा भएका वृद्धले अब मासिक तीन हजार भत्ता प्राप्त गर्नेछन्।
बजेटमा एकल महिलाका लागि मासिक एक हजार भत्ता थप गरिएको छ । ६० वर्ष पूरा भएका एकल महिलालाई सरकारले यसअघि उपलब्ध गराउँदै आएको भत्तामा एक हजार थप गरेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत यो व्यवस्था गरिएको हो ।
त्यस्तै सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । त्यसका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।
यस्तै सरकारले स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा उपलब्ध गराइने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणका क्रममा जानकारी दिए । नयाँ आर्थिक वर्षको बजेटले बीमाशूल्क एक लाख पुर्याएकाे छ।



लाेकपाटी न्यूज

