श्रम तथा रोजगार कार्यालयमा मन्त्रीकाे छड्के

लाेकपाटी न्यूज

काठमाडाैं, ५ जेठ । श्रम तथा राेजगार कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अनुगमन गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा सरिक हुन जनकपुर आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयमा अनुगमन गरेका हुन् ।

आइतबार दिउँसो कार्यालय पुगेका उनले निरीक्षण तथा सेवाग्राही र कर्मचारी दुवैसँग अन्तक्रिया समेत गरे ।मन्त्री विष्टले कार्यालय व्यवस्थित स्थानमा सार्न निर्देशन दिएका थिए ।

सो क्रममा मन्त्री विष्टले सेवाग्राहीलाई सहज र सरल सेवा उपलब्ध गराउन कर्मचारीलाई भनेका थिए । उनले कार्यालयमा आवश्यक स्रोत तथा जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्