‘तिमी डुब्यौ कि मेरो प्रेममा’ सार्वजनिक (भिडियोसहित)

लाेकपाटी न्यूज

काठमाडाैं । कवि हेनसेन याक्खाद्वारा रचित गीत ‘तिमी डुब्यौ कि मेरो प्रेममा’माथि निर्देशक देउकृष्ण देवान याक्खाले बनाएको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ ।

गायिका अञ्जु पन्त र गायक उत्तमजङ्ग लिम्बू लावतीद्वारा स्वरबद्ध ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ शीर्षक गीतमा उत्तमजङ्गकै सङ्गीत रहेको छ । देउकृष्ण निर्देशित म्युजिक भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले अभिनय गरेका छन् भने छायाँकन शिरकुमार साम्पाङ राईको रहेको छ ।

निर्देशक देउकृष्णले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । देउकृष्ण पछिल्लो समय लगातार म्युजिक भिडियो निर्देशनमा व्यस्त रहिआएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्