बिहे गरेको पाँच महिनामै बुवा बन्दै कपिल शर्मा

kapil and wife
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ४ जेठ। चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगम हुने भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहे गरेको पाँच महिनामै कपिल शर्मा बुवा बन्न लागेका हुन्।

भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो। समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन्। कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो। अर्थात ५ महिना अघि कपिलसँग गिन्नीको विवाह भएको थियो।

कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए। कपिल शर्माले सोनी टिभीमा ‘द कपिल शर्मा शो’को दोस्रो सिजनको सानदार शुरुवात गरेका छन्। कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा. गुलाटीसँग विवाद गरेका थिए। रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो। धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो।

कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन्। फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्