जनताको बहुदलीय जनवाद क्रान्तिको सिद्धान्त होइन

dinesh limbu-3
लाेकपाटी न्यूज

काठमाडौं। राजनीतिक टिप्पणीकार दिनेश लिम्बुले तात्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको दार्शनिक सारतत्वमाथि प्रश्न उठाएका छन्। जनताको बहुदलीय जनवाद पार्टीको मुल कार्यदिशा हुनुपर्ने बहस चलिरहेको बेला लिम्बुले त्यसमाथि प्रश्न उठाउँदै फेसबुक टिप्पणी गरेका छन्। यस्तो छ लिम्बुको टिप्पणी।

१) दार्शनिक पृष्ठभूमिः

पश्चिमाको कुरागर्दा लाइब्निजको चितगुणवादले विश्वजगत बहुतत्वले बनेको छ भन्ने दृष्टिकोण अगाडि ल्यायो। यस दृष्टिकाणलाई युरो कम्युनिजमले आफ्नो बहुलवादी दर्शन र सिद्वान्तको रूपमा विकास गर्‍यो भने नेपालको सन्दर्भमा मदन भण्डारीले बहुलवादी दर्शनको रूपमा व्याख्या गर्नुभयो। यो दार्शनिक तथ्यले बहुलवादी दर्शन जनताको बहुदलीय जनवादको आफ्नै उत्पादन होइन भन्ने प्रमाणित हन्छ।

२) राजनीतिक पृष्ठभूमिः

सर्वहारा, किसान र देशभक्तहरूले आफ्नो समाजवादी राज्यसत्ता निर्माण गर्नका लागि वर्ग सङ्घर्ष होइन, शान्तिपूर्ण र संसदीय सङ्घर्ष गर्नुपर्छ भन्ने संशोधनवादी राजनीतिक प्रणालीको विकास कार्ल काउत्स्कीले गरेका हुन्। काउत्स्कीको यो संशोधनवादी राजनीतिक प्रणालीलाई मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रमको रूपमा व्याख्या गर्नुभयो।

३) आर्थिक पृष्ठभूमिः

किन्सको ‘जनरल थ्योरी’ वा मिस्रित अर्थनीतिलाई मदन भण्डारीले जनताको बहुदलीय जनवादी अर्थनीतिको रूपमा व्याख्या गर्नुभयो। यी तीन संगठक अंग मिलेर वाद वा सिद्वान्तको निर्माण हुन्छ। जबजको यी तिनै अंगमा नयाँ चीज अथवा आफ्नो कुरा छैन, न मार्क्सवादका आधाभूत तत्वहरू नै छन्, अनि कसरी मार्क्सवादको सिर्जनात्मक प्रयोग भएको प्रमाणित हुन्छ ? मानौं तराईमा फल्ने मकै हिमाली विशेषतामा फलाउन जीन एडपटेशन गर्दा कोदो भएर त फल्दैन, नयाँ गुणमा मकै नै फल्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्