काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज (बुधबार) मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन्।
सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उनले उल्लेख गरिन्। जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उनले बताइन्।



लोकपाटी न्यूज

