काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलका विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तर्था याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक (फुड एण्ड बेभरेज) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैँक लि.का. कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, स्पाका सार्थै याडिसन होटलले संचालन गरेका विभिन्न रेस्टुरेन्टहरूमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।



लोकपाटी न्यूज

