काठमाडौं। अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले एक नेपाली युवकको हत्या गरेको छ। नेपाल ठेगाना रुकुम बाफीकोट भएका ३० वर्षीय दीपक ओलीको हत्या गरेको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर मारेको हो।
स्थानीय अधिकारीका अनुसार घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको छ।



लोकपाटी न्यूज

