ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

Global_IME_pic
लोकपाटी न्यूज

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलार्ई याडिसन होटलमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र्र याडिसन होटल काठमाण्डौका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुर्ले याडिसन होटल काठमाण्डौमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।बैंकका ग्राहकहरुर्ले याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका सार्थै याडिसन होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन्।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न सङ्घ-संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याएको छ। ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।