पहिलो सन्तान ‘छोरी’ पाउने रहर छ : वर्षा राउत

Barsha sanjog
लाेकपाटी न्यूज

काठमडौं, २ जेठ। सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहमा परिणत गरेका छन्।

प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ अर्थात फागुन २ गते उनीहरुले विवाह गरेका हुन्। ‘सन्सा’ जोडीको राजधानीको पाँचतारे होटर्ल याडिसनमा दुवैतर्फका परिवारको उपस्थिति मा हिन्दू परम्परा अनुसार विवाह भएको थियो।

नायिका वर्षाले अबको ४/५ वर्ष बच्चा नजन्माउने बताए पनि पहिलो सन्तान छोरिको इच्छा व्यक्त गरिकी छिन। उनले भनिन् ‘हामीले अहिले बच्चाको योजना बनाएको छैन बच्चाको लागि ४/५ बर्ष कुर्नु पर्छ ।’

७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो। पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए। उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा सँगै काम गरेका छन्। तर, यो फिल्म प्रदर्शनमा आएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्