काठमाडौं, ३१ वैशाख। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र कम्बोडियाबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
कम्बोडिया भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले नेपाल र कम्बोडियाबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनकालागि चेम्बरले विभिन्न प्रकारका कार्य गर्दै आएको बताए। कम्बोडियाकालागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य स्थल भएको उनको भनाइ छ।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रलाई सहभागि गराउँदा आफूलाई स्थान दिएकोमा प्रंशसा गर्दै उनले समारोहमा आफ्ना कुरा राख्नदिएकोमा धन्यवाद व्यक्त गर्दै उनले भने, ‘यो हाम्रो कम्बोडियन समकक्षहरूको साथ व्यापार र सम्बन्ध विस्तार गर्ने ठूलो अवसर हो।’
कम्बोडियाको अर्थव्यवस्थाले १९९५ र २०१८ को बिच ७.७ प्रतिशतको औसत वृद्धि दरलाई निरन्तरता दिएकोले संसारमा सबैभन्दा छिटो बढ्दो अर्थव्यवस्था बनाएकोमा कदर गर्दै दुई दशकको आर्थिक वृद्धिले कम्बोडियालाई गरिवी कम गर्नुका साथै प्रधानमन्त्रीलाई बौद्धिक नेता बनाउन मद्दत गरेको उनको भनाइ छ। उनले भने, ‘कम्बोडियाको निर्यात र पर्यटन उद्योगले अर्थतन्त्रमा प्रमुख योगदान दिलाएको छ।’
तयारी पोशाक विषेश क्षेत्रको स्थापना गरी व्यापार अभिबृद्धि गर्ने तर्फ अन्तिम तयारीको योजना बनि सकेको परिप्रेक्षमा व्यापारिक समुदायले यसलाई सकारात्मक सोचका अगाडी बढाउँदै लैजाने उनले बताए। ‘कपडा उद्योगले कम्बोडियाको निर्माण क्षेत्रको सबैभन्दा ठूलो भागलाई प्रतिनिधित्व गर्दछ, देशको निर्यातको ८० प्रतिशत लेखांकन गर्दा पर्यटन उद्योगको दोस्रो कडा मेहनतको स्रोतनै राष्ट्र्यि अर्थ तन्त्रको मे? दण्ड हो’ उनले भने।
संसारको लागि एक सफल उदाहरण कम्बोडिया भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाल र कम्बोडियाबिच द्विपक्षीय सम्बन्ध बलियो हुँदै गरेकाले व्यवसायी खुसि रहेको जानकारी दिए। केही समय अघि मात्र नेपालमा नेपाल इन्भेस्टमेन्ट शिखर सम्मेलन २०१९ सफलतापूर्वक संचालन भएको र विदेशी लगानीकर्ताहरूले अपेक्षा भन्दा बढी चासो राखेकाले नेपाल विदेशी लगानीकर्ताहरूको लागि ठूलो अवसर रहेको उनको भनाइ छ।
कार्यक्रममा आफ्ना कुरा राख्दै अध्यक्ष श्रेष्ठले नेपालमा लगानी मैत्री वातावरण भएको दावी गरे। कृषि परियोजना, क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, यातायात परियोजनाहरू, केबल कार परियोजना, विश्वविद्यालय, एवं व्यवस्थापन परियोजनाहरू लगानीको बाटो भएको श्रेष्ठको भनाइ छ।
दुई देश बीच व्यापारिक मेलाहरू, एक्स्पो र सेमिनारहरूमा भागलिन एक अर्कालाई सहयोग गर्ने सम्बन्धलाई बलियो बनाउने चाहना रहेको बताउँदै अध्यक्ष श्रेष्ठले प्रत्येक व्यक्तिहरूलाई व्यापार, व्यवसाय र संगठन सम्बन्धको संगठनात्मक विकासकालागि तयार रहेको उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्श सधैँ द्विपक्षीय सम्बन्धलाई सहयोग र प्रचार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।
नेपालले नोभेम्बर २९, २०१८ मा कम्बोडियाको पहिलो द्विपक्षीय वायु सेवा सम्झौता (एएसए) मा हस्ताक्षर गरेकाले दुई देशबिच हवाई उडान संचालन गरी व्यापार र पर्यटनलाई महत्वपूर्ण बनाउन सक्ने अपेक्षासमेत गरिएको छ ।



लाेकपाटी न्यूज

