कस्ता विद्यार्थी जान सक्छन् जापान ?

Student of College
लाेकपाटी न्यूज

काठमाडौं। नेपालीहरु बीच जापान सपनाको देशका रुपमा चिनिन्छ। त्यसकारण पनि नेपाली विद्यार्थीहरुको मूख्य रोजाइमा पर्छ जापान। पछिल्लो समय नेपाली विद्यार्थीहरुले जापान जान के गर्नुपर्दछ, कति खर्च लाग्छ, त्यसको कानूनी प्रक्रिया के हुन्छ ? जस्ता विषयमा धेरै नै चासो राख्न थालेका छन्। तर, विद्यार्थी भिसामा जापान जान त्यति कठिन छैन।

जापान जान चाहने विद्यार्थीले नेपालमा कम्तिमा ‘प्लस–टु’ पास गरेको हुनुपर्छ। तर, यो नै विषय नै पढेको हुनुपर्छ भन्ने कुनै बाध्यता छैन। ‘प्लस–टु’मा जुनसुकै विषय पढेको विद्यार्थीले पनि जापान अध्ययन गर्न जान सक्छन्। जापानी भाषाको न्यूनतम् अंक प्राप्त गरेको विद्यार्थी जापानका लागि योग्य मानिन्छ। तर, आफ्नो विषयअनुसार नै जापानमा स्तानक अध्ययनका लागि एप्लाई गर्नु राम्रो मानिन्छ।

जापानिज भाषामा कम्तिमा ‘एन–फाइभ’ पास गरेको विद्यार्थीले अध्ययनका लागि जापानका कुनै पनि विश्वविद्यालय वा कलेजहरुमा भिसा प्रक्रिया अगाडि बढाउन सक्छन्। ‘न्याट’ र ‘जेएलपिटी’मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको भिसा लाग्ने सम्भावना बढी हुन्छ। त्यस्ता विद्यार्थीहरुले अन्तर्वार्ता नै नदिइकन पनि भिसा पाउन सक्छन्। अरु विद्यार्थीको हकमा भिसा दिनुअघि अन्तर्वार्ता लिइन्छ।

आजको दुनियाँमा भाषा सम्पर्क माध्यम मात्र होइन, सभ्यताको प्रतीक पनि मानिन्छ। जापानिजहरु शालिन स्वाभावका हुन्छन्, जसले भाषामा राम्रो दख्खल राख्छ, उनीहरु नै जापानिजहरुको पहिलो रोजाइमा पर्छन्। काठमाडौंको बागबजारस्थित फ्युचर गोल कन्सल्टेन्सीकी सञ्चालक पार्वती बस्नेत भन्छिन्, ‘जापान जाने जो–कुनै विद्यार्थीले जापानिज भाषाको ज्ञान राख्नैपर्छ। भाषामा दक्ष नभइकन विद्यार्थीले जापान गएर पनि राम्रो गर्न सक्दैनन्। त्यसकारण जानुअघि नै विशेष ध्यान दिनुपर्छ।’

नेपालमै जापानिज भाषा राम्रोसँग पढेर जाने विद्यार्थीहरुलाई जापान गएर काम गर्न र बोलीचालीका लागि पनि सहज हुन्छ। त्यसैले हरेक विद्यार्थीले जापान जानुअघि भाषा राम्रोसँग जान्नु आवश्यक हुन्छ। भाषामा कमजोर भएको विद्यार्थीको कथमकदाचित् भिसा लाग्यो भने पनि जापान गएर पहिला भाषा नै पढ्नुपर्छ। भाषामा कमजोर भए जापान गए पनि विश्वविद्यालय वा कलेजले सिधै भर्ना लिँदैन। पहिला भाषा कक्षामा भर्ना हुनैपर्छ।

‘काठमाडौंमा पैसा नै कमाउन बसेका धेरै कन्सल्टेन्सीहरु छन्। विद्यार्थीलाई ठगेर पैसा कमाउनेहरुको कहिल्यै पनि प्रगति हुँदैन’ फ्युचर गोलका अर्का सञ्चालक सुवास बस्नेत भन्छन्, ‘जापान जाने कोही पनि विद्यार्थीको भविष्य जोखिममा पर्नु हुँदैन। त्यसका लागि हामीले भाषा कक्षाका साथै जापानका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा सिकाउँछौं। त्यसका लागि यहाँहरुले ०१–४२२३०९५, ९८०८३१४४०७ र ९८६००२१८८४ नम्वरमार्फत् हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।’

हुन पनि हो, लाखौं खर्चेर, घरबारी बेचेर विदेश जानेहरु फस्नु हुँदैन। जापान जानुअघि सबै कुरामा राम्रो ज्ञान राखेको हुनुपर्छ। कानूनी प्रक्रिया राम्रोसँग पूरा गरेको हुनुपर्छ। कसैको लहैलहै वा देखासिकीमा होइन, राम्रोसँग बुझेर मात्र विदेश जाउँ, विदेश जानुअघि भाषा राम्रोसँग सिकौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्