काठमाडौं, ३१ वैशाख। भारतको मध्यप्रदेशमा श्रीमानले टुप्पी नकाटेको भन्दै श्रीमतीले अदालतमा मुद्दा हालेकी छिन्। अदालतमा दिएको निवेदनमा टुप्पी पालेको कारण उनका श्रीमान गाउँले जस्तो देखिएको उल्लेख गरेकी छिन्।
उनका साथी तथा सम्बन्धीहरु उनको श्रीमानको खिल्ली उडाउने गरेको उल्लेख गरेकी छिन्। उक्त परिवारमा टुप्पीको विषयलाई लिएर विवाद भएको हो। श्रीमानले आफ्ना आमाबुबाको निधनपछि आफ्नो टुप्पी राख्ने निर्णय गरेका थिए ।
उनले आफ्नो अन्तिम समयसम्म पनि टुप्पी नकाट्ने पक्षमा छन्। उनी ब्राह्मण परिवारका हुन्। दुई वर्षअघि सडक दुर्घटनामा परी उनका आमाबुबाको ज्यान गएको थियो। त्यसयता उनले टुप्पी राख्दै आएका छन्। उनका श्रीमान एक्जिक्युटिभ इन्जिनियर हुन्। श्रीमती पनि एमबीए पास गरेकी महिला हुन्। उनीहरुको बीचमा सन् २०१६ फेब्रुअरी २ मा विवाह भएको थियो। टुप्पी राखेको कारण श्रीमान्लाई सबैले पण्डितजी भनेर बोलाउने गरेका छन्।
श्रीमान भने जीवनभर टुप्पी नकाट्ने प्रण गरेका छन्। श्रीमतीले भने टुप्पी काट्नै पर्ने शर्त राखेकी छिन्। उनले टुप्पी वा सम्बन्ध्विच्छेद मध्ये कुनै एक रोज्नुपर्ने बताएकी छिन्।



लाेकपाटी न्यूज

