काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको प्रवक्ता एवं सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नियुक्त गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले नयाँ प्रवक्तामा प्रहरी नायव महानिरीक्षक पोखरेललाई तोकिएको जनाएको हो। यसअघि प्रवक्ता रहेका एसएसपी उत्तमराज सुवेदीको महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाक्एो छ।
‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ’, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रहरी मुख्यालयले दरबन्दी कटौतीपछि प्रवक्ताको जिम्मेवारी एसएसपीलाइ दिएको थियो। पोखरेल यसअघि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए।
प्रहरी नायव महानिरीक्षक पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।



लाेकपाटी न्यूज
