काठमाडौं, ३० वैशाख । आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को यतिबेला सर्वत्र चर्चा छ । फिल्म गत वर्षको फागुनमा नै रिलिज हुने भनिएको भएपनि विशेष कारणवश सर्दासर्दै रिलिजको मिति जेठ ३ मा पुगेको हो । अब भने फिल्म यही मितिमा रिलिज हुने पक्का भउको छ ।
फिल्मलाई लिएर पछिल्लो समय निकै चर्चा भइरहेको छ । अर्कातिर दर्शकले लामो समयदेखि फिल्मको प्रतीक्षा गरिरहेका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्म पहिलो फिल्म ‘जात्रा’ का कारण पनि चर्चामा छ । फिल्मको गीत तथा ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गरिएका गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।
टिजर सार्वजनिक गरेदेखि नै चर्चामा रहेको यो फिल्ममा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा सुन भेट्टाएको कथालाई देख्न सकिन्छ ।
यसअघि ‘शत्रु गते’ र ‘जात्रा’ मार्फत तारिफ बटुलेका प्रदीप भट्टराईको चलचित्र भएकाले पनि यो फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ । हलमा दर्शक तान्न सक्ने सम्भावना बोकेको प्रतीक्षित यो फिल्मको कथा कसरी अगाडि बढेको छ, त्यसअनुसार दर्शकले फिल्मलाई साथ दिनेछन्।



लाेकपाटी न्यूज

