एजेन्सी। बलिउड अभिनेता रणबीर कपुरकी पूर्व प्रेमिका उनका पिता ऋषि कपुरलाई भेट्न पुगेकी छिन्। अभिनेतृ दीपिका पादुकोण ऋषि कपुरलाई भेट्न अमेरिका पुगेकी हुन्।
ऋषि कपुर लामो समयदेखि अमेरिकामा क्यान्सरको उपचार गराइरहेका छन्। केहि समय उनी क्यान्सर फ्रि भएको खबर पनि आएको थियो। केहि उपचार बाँकी रहेका कारण उनी अमेरिकामा नै रहँदै आएका छन्। उनलाई भेट्न दीपिका अमेरिका पुगेकी हुन्।
ऋषि कपुरसँगको उक्त तस्विर सामाजिक सँजालमा भाइरल बनेको छ। न्युर्योकमा रहेको स्टेलन क्यान्सर सेन्टरमा उनको उपचार भइरहेको छ।



लाेकपाटी न्यूज

