लागुऔषध बोकेको भारतीय गाडीसहित बाेहरा पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। लागुऔषध बोकेको भारतीय गाडीसहित १ जना धादिङबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई सोमबार धादिङबाट पक्राउ गरेको हो।

प्रहरीले ४७ किलोग्राम चरेश र ९७८ चरेशसहित जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरालाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए।

निरौलाका अनुसार, बोहोराको साथबाट १ थान मोबाइल र समिकार्ड पनि बरामद भएको छ। नियन्त्रणमा परेका बोहोरामाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्