चर्चिलको दरवारमा सुनकाे साैचालय

toilet
लाेकपाटी न्यूज

एजेन्सी। बेलायतको सबैभन्दा ठूलो दरबार ब्लेनहिममा सुनबाट बनेको ट्वाइलेटको सिट लगाइने भएको छ। मिडिया रिपोर्टका अनुसार अब दरबार घुम्न जाने पर्यटकले पनि यसको सुविधा पाउने भएका छन्।

यो ट्वाइलेटको सिट कभर त्यहाँ लाग्ने बताइएको छ जहाँ बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको जन्म भएको थियो। यो भवनलाई युनेस्कोले विश्व सम्पदाको सूचीमा पनि राखेको छ। अक्सफोर्ड सायरस्थित ब्लेनहिम दरबार पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको घर हो।

उनले प्रयोग गर्ने गरेको बेडरुमको छेउमा यो ट्वाइलेट राखिने भएको हो। मिडियाहरुमा आएको रिपोर्ट अनुसार अब त्यहाँ घुम्न पुग्ने पर्यटकले पनि यो ट्वाइलेटको प्रयोग गर्न पाउने छन्।