पार्टी एकता : के होला नयाँ शक्तिको भविष्य (फेसबुक बहस)

Facebook discorse
लाेकपाटी न्यूज

काठमाडौं। लोकपाटी अनलाइनले समसामयिक विषयमा केन्द्रित रहेर फेसबुक बहस सुरु गरेको छ। अनलाइनले समसामयिक विषयमा आम पाठकको प्रतिक्रिया बुझ्न फेसबुक बहस प्रारम्भ गरेको हो।

बिहीबार लोकपाटीले नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम र राजपाबीच हुन लागेको एकता कस्तो लाग्यो, डा. बाबुराम भट्टराईको राजनीतिक भविष्य के होला भन्ने विषयमा पाठकहरुको प्रतिक्रिया मागिएको थियो।

उक्त प्रश्न र प्रश्नमा पाठकहरुमध्ये केही मूख्य प्रतिक्रिया हामीले समावेश गरेका छौं। फेसबुकमै पाठकका प्रतिक्रिया पढ्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।

‘संविधानमा थ्रेसहोल्डको व्यवस्थापछि राजनीतिक दलहरुबीच ध्रुवीकरणको प्रक्रिया चलिरहेको छ। गत निर्वाचनमा तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन हुँदै पार्टी एकता भयो। अहिले संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा), चौंथो ठूलो दल सङ्घीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको दल नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकताका प्रयास जारी छ। यो एकताले रणनीतिक रुपमा कसलाई लाभ होला, के यसले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरण पैदा गर्ला, यहाँलाई के लाग्छ ? कृपया, यहाँहरुको बौद्धिक तर्कसहितको कमेन्टको अपेक्षा गरेका छौं। सभ्य कमेन्ट गरिदिनुहोला।’

खगेन्द्रसिंह कार्की लेख्छन्, ‘यो दलाल सरकारदेखि कोही सन्तुष्ट छैनन्। यो सरकार कुहिएको गोबरको थुप्रोजस्तै भएको छ। बिखर्ची हुनुपर्ने अवस्था छ। गत वर्ष उपचार खर्च खोज्न नसकेर शिक्षण अस्पताल महाराजगञ्जमा एक जना बिरामी कुरुवाले आत्महत्या गरेका थिए। त्यस्तो अवस्था नागरिकको छ। संविधानमा भने ‘सबै नागरिकलाई प्राथमिक उपचारको हक हुनेछ’ भनिएको छ। संविधानमा लेखेर, भाषण गरेर मात्रै हुन्छ त ?

स्वास्थ्य मन्त्रालयले गएको वर्ष नै नेपाल आत्मनिर्भर भएका २० थरिका औषधीहरू बाहिरबाट मगाउन नपाउने भन्थ्यो। तर, चीन, भारत, बेल्जियमबाट आएकै छन्। हरेक वर्ष बच्चा पाउने १ लाख आमामध्ये १ सय ३९ जनाको मृत्यु हुनुमा यस्तो कमसल र महँगो स्वास्थ्य जिम्मेवार छ।

दुषित हावापानी र खानेकुराको बिगबिगी छ। भारतबाट नेपाल निर्यात गर्ने उद्धेश्यले फर्मालिन हालेका माछा र मापदण्डभन्दा बढी विषादी प्रयोग गरेका फलफूल–तरकारी निर्बाध नेपाल भित्रिन्छन्। सरकारले त्यसलाई रोक्न सकेको छैन। चोरी निकासीका औषधी कमिसनको खेलमा गुणस्तरहीन औषधी पसल पसलमा पुगेका छन्। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको स्वच्छ नेपाल, स्वस्थ नेपालीको नारा पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानजस्तै हाँसोलाग्दो भएको छ।

स्वास्थ्य क्षेत्रमा प्रशासन र प्राविधिक क्षेत्रका कर्मचारी, डाक्टरहरूको अवस्था उस्तै दयनीय छ। काम धेरै गर्नुपर्ने, सुविधा बाँच्न पुग्नेसम्म हुँदैन। चरम श्रमशोषण हुन्छ। बोल्यो वा आवाज उठायो भने जागिर जान्छ। रोजगार सुरक्षित छैन। ठेक्का प्रथा छ। आम नागरिकले स्वास्थ्य सेवा नपाउने, श्रमिकले न्यूनतम् सुविधा नपाउने देशलाई समृद्ध देश भन्न सकिन्छ ? के यही हो कम्युनिस्ट व्यवस्था ? म त भन्छु अहिलेको दलाल सरकार तानाशाह र भ्रष्ट सरकार हो। अहिलेको दलाल सरकार भनेकै एउटा रित्तो भाँडो हो। नैतिक विचलन भएको सरकार र राजनीतिक भिकारी दलाल पूँजीवादी व्यवस्था के कम्युनिस्ट हुन सक्छ ?

सांसदहरूकै केही गुनासो हेर्दा स्थिति स्पष्ट हुन्छ। एक जना जनप्रतिनिधिले पाल्पा जिल्ला अस्पतालमा १ वर्षदेखि रुई र सुइसमेत उपलब्ध नभएको दुखेसो गरिन्। गुल्मी जिल्ला अस्पतालमा आकस्मिक बाहन छैन। तर, सरकार भने समृद्धिको नारा लगाइरहेको छ। काठमाडौँको सीमा जोडिएका जिल्लामा दरबन्दी भएकामध्ये ५० प्रतिशत पनि कार्यरत छैनन्। कुराले विकास हुँदैन पहिला मुहान सफा हुनुपर्छ। अनि सबै सफा हुन्छ।

गोरखा चितवन : अब नयाँ शक्ति पतन हुने लक्षण हो यो।

राम सिर्पाली : यो त हुन्थ्यो र हुनु पनि पर्छ। अहिले जनताको माग पनि यही हो। एक आपसमा लड्नु जुध्नुभन्दा समझदारीमा आउनु, महासमझदारी यो पनि।

दुखी मान्छे : नेपाली जनताले नयाँ धार र नयाँ योजनाको अति नै खोजी गर्दै हुनुन्छ। तर, विश्वास नेतृत्वसँग गुमिसकेको हुँदा जनता दोधारमा हुनुन्छ। त्यसमा थोरै विश्वास बिप्लव माओवादी अर्थात् नेपाल कम्युनिष्ट पार्टीमा आशा रहेको देखिँदै छ। तर, त्यसमा पनि झण्डै आधाजसो कार्यकर्तामा इमान्दारिता कम देखिँदैछ। आधा कार्यकर्ता अति नै राज्य र नेपाली जनताप्रति चिन्तित हुनुन्छ। तर, समस्या छ सुधारेको खण्डमा यो देशले एकपटक नयाँ अनुहार र नयाँ योजनाको खोजी गरेको देखिँदैछ। यो सत्य कुरो हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्