गोप्यता भंगको आरोपमा बेलायती रक्षामन्त्री विलियम्सन बर्खास्त

Gavin
लाेकपाटी न्यूज

एजेन्सी। बेलायती रक्षामन्त्री गभिन विलियम्सनलाई पदबाट बर्खास्त गरिएको छ। राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो।

बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको विश्वास गुमाएपछि उनलाई पदबाट हटाइएको जनाएको छ। विलियम्सनमाथि राष्ट्रिय सुरक्षा परिषद् बैठकमा संवेदनशील विषयमा भएको छलफलको विषय चुहाइएको आरोप लागेको छ।

प्रधानमन्त्री टेरिजा मेले अध्यक्षता गरेको उक्त बैठकमा फाइजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो । तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो । हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क सञ्चालन गर्न पहुँच दिएको खबर द डेली टेलिग्राफमा प्रकाशित भएको थियो । जसमा रक्षा मन्त्री विलियम्सनको संलग्नता भेटिएको प्रधानमन्त्रीको भनाइ छ

गोप्य सूचना चुहाउनुका साथै कतिपय छानबिनमा असहयोग गरेको आरोप पनि बेलायती प्रधानमन्त्रीले लगाएकी छन्। तर, विलियम्सनले आफूमाथि लगाइएका सबै अभियोग इन्कार गरेका छन् । विधिपूर्वक आफूलाई हटाउन सकिने भए पनि प्रक्रिया मिचेर हटाइएको आरोप उनको छ।