काठमाडौं, १८ वैशाख। १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस र्यालीसहित विशाल सभागरि सम्म्पन गरिएको छ।
अखिल नेपाल ट्रेडयुनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्ट्को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम कुस्माको दुर्लुङ चोकदेखी र्याली सुरु भइ मैत्री चोक नेकपाको कार्यलायमा सम्पन्न भएको हो।
जिफन्ट कुस्मानगर कमिटी अध्यक्ष खगेश्वोरी शर्माको अध्यक्षतामा गण्डकी प्रदेश सांसद माननीय मिना गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सञ्चालन प्रमिला शर्माले गरेकी थिइन्। कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ पर्वत जिल्ला अध्यक्ष बिक्रम ढुंगाना, जिफन्ट प्रदेश सदस्य रमा श्रेष्ठ र पुर्व अध्यक्ष खेम प्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिमा गण्डकी प्रदेश सदस्य माननिय अध्यक्ष जुना नेपाली त्यसै गरि अतिथीहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जिल्ला नेता भक्त कुवर, गोविन्द पाहाडी, कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरि, प्राध्यापक यदु प्रसाद पौडेल, अधिवक्ता रामचन्द्र शर्मा लगायतले मन्तव्य राखेका थिए।



लाेकपाटी न्यूज

