टोकियो, १८ वैशाख। जापानको राजगद्दीमा बुधबारदेखि नयाँ राजा आसिन भएका छन्। राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षीय अकिहितोले मंगलबार राजगद्दी त्यागेका थिए। उनी जापानको इतिहासमा दुई सय वर्षयता जीवितै रहँदा राजगद्दी त्याग गर्ने पहिलो राजा बनेका हुन्। अकिहितोका ५९ वर्षीय छोरा नारुहितोले जापानको १२६औँ राजाका रूपमा बुधबार राजगद्दी सम्हालेका हुन्। योसँगै जापानमा नयाँ युग सुरु भएको मानिएको छ। यो युगलाई रेइवा नाम दिइएको छ।
विश्वमा धमाधम राजसंस्था अन्त्य भई गणतन्त्र स्थापना भइरहेका बेला जापानमा भने अझै राजसंस्था लोकप्रिय र सम्मानित छ। तर, राजालाई कुनै राजनीतिक अधिकार भने छैन।



लाेकपाटी न्यूज

