मुम्बई, १६ वैशाख। मुम्बईमा बस्ने एक पत्रकारले सलमानविरुद्ध उजुरी दर्ता गरेका छन्। उजुरी दर्ता गरेर उनले सलमान खानले आफूलाई धक्का दिएको र आफ्नो क्यामरा खोसेको आरोप लगाएका हुन्।
एनडीटीभीमा प्रकाशित एक रिपोर्टले पनि सलमानको भिडियो खिच्न खोज्ने एक पत्रकारको मोबाइल फोन खोसिएको बारेमा उजुरी दर्ता भएको पुष्टि गरेको छ। अशोक श्यामलाल पाण्डे नामक पत्रकारले उजुरी दर्ता गरेको एनडीटीभीले पुष्टि गरेको हो ।
पाण्डेले आफू र आफ्नो क्यामराम्यान जुहुबाट कान्दिवली गइरहँदा सलमान साइकल चलाइरहेको देखे । उनीहरूले सलमानका अंगरक्षकलाई उनको भिडियो बनाउन मिल्छ कि भनी सोध्दा उनले माने। ‘हामीहरू मोबाइल फोन झिकेर खिच्न थाल्यौं। सलमान फर्किए र आफ्ना अंगरक्षकलाई इशारा गरे। अनि मोटरसाइकल चढेका अंगरक्षकहरू हामीनजिक आए। मेरो क्यामराम्यानलाई एक अंगरक्षले धकेले र हाम्रो कारलाई पनि बलपूर्वक धक्का दिए। हामीहरू उनीहरूसँग बहस गर्न थाल्यौं। सलमानले साइकल घुमाए र हामीकहाँ आए। उनलाई हामीहरू प्रेसबाट आएको बतायौं। सलमानले मतलब छैन भने, अनि उनले हाम्रो मोबाइल फोन खोसे र हिँडे।’
प्रहरीलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा सलमानको अंगरक्षकले पनि अर्को उजुरी हालेर अनुमतिविना भिडियो खिचेको आरोप लगाएको प्रहरीले पुष्टि गरे। बलिउड अभिनेता खान कानून कार्यान्वयन निकाय र प्रेससँग प्रायः द्वन्द्वमा परिरहेका हुन्छन् ।



लाेकपाटी न्यूज

