पाइलट विजय लामा निलम्वित

Vijaya Lama
लाेकपाटी न्यूज

काठमाडाैं, १६ वैशाख। नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुभ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो। प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भिर सुरक्षा चासो उत्पन्न भएको भन्दै लामालाइ जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै स्पष्टिकरण सोधेको थियो।

यद्यपि लामाले भने प्रवक्ताको रुपमा मिडियामा नियमक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। प्राधिकरणले लामालाइ प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरिएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्