काठमाडौं, १३ वैशाख। मधेशमा दाइजोका कारण महिलाहरु हिंसामा पर्दे आएका छन्। उनीहरु दाईजोकै नाममा श्रीमान तथा परिवारबाट गम्भिर प्रकृतीकाट हिंसाबाट पीडित हुने गरेका छन् भने ज्यानै समेत जाने गरेको छ।
यस्तै दाइजोको नाममा सिरहामा एक युवती घरेलु हिंसाको सिकार भएकी छिन्। सिरहा नगरपालिका ८ कि २१ वर्षीया कञ्चन मण्डललाई श्रीमान र सासुले जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका छन्।
बिहिबारराती श्रीमान र सासु मिलेर कन्चनमाथि मट्टीतेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै काठमाडौं ल्याइएको छ।
कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था निकै गम्भिर रहेको छ।हाल उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। श्रीमतीलाई जिउँदै आगो लगाउने श्रीमान बेचन मण्डल अहिले फरार छन् भने कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



लाेकपाटी न्यूज
