वृद्धा दम्पतीमाथि कुटपिट

666666
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन्।

६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुटपिट गरेका हुन्। वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो।

त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल लगेर थप उपचार गरिएको छ। उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घरमा उनीहरु दुई जना मात्र बस्दै आएका थिए।

किशोर बुढाथोकीले अन्नपूर्णपोस्टमा समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्