भारत, ११ वैशाख। भारतको अरुणाचल प्रदेशमा ठुलो भूकम्प गएको छ। बुधबार बिहानै स्थानीय समय अनुसार १.४५ बजे भूकम्पको धक्का गएको हो।
भारतीय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.८ रेक्टर स्केलको मापन गरिएको छ। यता अमेरिकी जियोलोजिकल सर्भेले भने उक्त भूकम्प ६.१ रेक्टर स्केलको रहेको बताएको छ।
अहिलेसम्म भूकम्पको कारण के कस्तो क्षति भयो भन्ने बारेमा कुनै जानकारी आएको छैन। भूकम्पको धक्का तिब्बतसम्म महसुस गरिएको बताईएको छ। यसैगरी बुधबार नै नेपालमा एकाबिहानै २ वटा भूकम्पको धक्का महसुस गरिएको छ।



लाेकपाटी न्यूज

