बुटवल, ११ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला कमिटी सदस्य पक्राउ परेकी छिन् । विप्लवकी जिल्ला नेत्री कल्पना सुवेदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य समेत रहेकी सुवेदीलाई देवदहबाट प्रहरीले मंगलवार साँझ पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले मंगलवार साँझ उनकै घरबाट पक्राउ गरेकाे हाे ।
सुवेदीलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको प्रहरीले जनाएकाे छ । उनी विप्लव निकट रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमती रहेको थापाले बताए ।



लाेकपाटी न्यूज

