डडेल्धुरा, ११ वैशाख। डडेल्धुराको साउखर्क नजिक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान साँढे ५ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।
क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ। बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । घाइते कति छन् भन्ने यकिन हुनसकेको छैन।


लाेकपाटी न्यूज
