बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

लाेकपाटी न्यूज

डडेल्धुरा,  ११ वैशाख। डडेल्धुराको साउखर्क नजिक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान साँढे ५ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ। बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । घाइते कति छन् भन्ने यकिन हुनसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्