एसईई पुनः सञ्चालन गर्दा प्रदेश २ मा एक करोड व्ययभार

see
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। परीक्षाका प्रश्नपत्र आउट भएपछि स्थगित प्रदेश २ मा एसईई दोस्रोपटक सञ्चालन गर्दा राज्यलाई एक करोड रुपैयाँ थप व्ययभार परेको छ।

परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एक साता परीक्षा स्थगन गरी पुनः सञ्चालन गरेको थियो। अन्नपूर्ण पोस्ट् दैनिकका अनुसार चैत १० गते सुरु भएको एईईमा तीन विषयको परीक्षा सकिएपछि प्रदेश २ मा लगातार तीन विषयको प्रश्नपत्र बाहिरिएको थियो।

प्रश्न बाहिरिएपछि शिक्षा मन्त्रालयले त्यहाँ हुन बाँकी विषयको परीक्षा स्थगन गरी चैत २२ गतेदेखि सञ्चालन गरेको थियो। पहिलोपटक छापिसकेको प्रश्नपत्र खेर गएपछि अर्कोपटक छाप्दा लागेको खर्च, परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकसहित सुरक्षाकर्मी र कार्यालय सहायकलाई समेत दैनिक दिनुपर्ने भत्तालगायतका शीर्षकमा यो रकम खर्च भएको हो।

‘परीक्षा रोकिएपछि पहिले छापेका सबै प्रश्नपत्र रद्द गर्नुपर्यो’, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीले भने, ‘विभिन्न शीर्षकमा खर्च गर्दा एक करोड दुई लाख रुपैयाँ थप भार थपियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्