काठमाडौं, ८ बैशाख । उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने क्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सङ्गम क्लबको सहयोगमा महाराजगञ्जस्थित बसुन्धरा नजिक संगम टोलमा करिब १३ लाख रुपैयाँको लागतमा शनिबार २० स्थानमा सिसिटिभी जडान गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सिसिटिभीको उद्घाटन गर्दै प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारीलाई अगाडि लैजान सिसिटिभी जडानले सहयोग पुगेको बताए। आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उनले जनाए।
कार्यक्रममा सङ्गम क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुर्याउनका लागि क्लबले सिसिटिभी जडान गरेको जानकारी दिए।
सिसिटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ । सिसिटिभी जडानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १ लाख ५० हजार आर्थिक सहयोग गरेको थियो ।



लाेकपाटी न्यूज

