काठमाडौं, ८ वैशाख। काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ। आइतबार बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।२५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं ल्याइएको इन्चार्ज ढुंगेलले बताए।
बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन।बस घुम्तिबाट २५ मिटर तल खसेको थियो।


लाेकपाटी न्यूज
