कर्मचारीको चुनावमा सरकारी गाडी प्रयोग गरे कार्वाही हुन्छ : कुलमान घिसिङ

Kulman Ghising
लाेकपाटी न्यूज

काठमाडौं, ०५ वैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको चुनावमा सरकारी गाडी प्रयोग गरे कारवाही हुने बताएका छन्।

उनले वैशाख १९ गते हुन लागिरहेको ट्रेड युनियन चुनावका लागि कुनै पनि सरकारी गाडी प्रयोग नगर्न विज्ञप्ति निकालेर कर्मचारीहरुलाई सचेत गराएका हुन्। यस्तै उनले चुनावको शिलशीलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि निर्देशन दिएका छन्। निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने उनको चेतावनी छ।

यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो । विद्युत प्राधिकरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्