विभिन्न अभियोगमा दश पक्राउ (नामसहित)

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ०५ वैशाख । लालबन्दी नगरपालिका–५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोलेसहित ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा संकलन गरिरहेको करिब १ सय ४९ ग्रामको सुनको बाला ३ थानसहित सर्लाही सुन्दरपुर गाउँपालिका–४ घर भएका शेष सरफास्जालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । सरफास्जालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।
त्यस्तै बा. ५७ प ५४५२ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने रोशन दुलाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत बैशाख २ गते भक्तपुर बोडेबाट उक्त स्कुटर चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका–२ बाट उनलाई उक्त स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै धनुषा जिल्लाका विभिन्न स्थानहरुबाट विभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरुसहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई विभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका–११ का असलम राईन, सोही उपमहानगरपालिका–४ का दिप कुमार महतो, सोही उपमहानगरपालिका–७ का संजिव कुमार साह, सोही उपमहानगरपालिका–१ का अरविन्द कुमार साह र हसिबुल नदाफ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको ज.९ प ४६१८, ज.१ प ८२ ९५, ना. ३५ प ५९२०, बा.७८ प ११८४, ज.१३ प १५१७ र ज.११ प ६०८९ नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरिएको हो ।

विगत केही समयदेखि धनुषाका विभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो तथा उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा परिचालित प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकलसहित फेला पारी पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई चोरी शीर्षक मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्